काठमाडौं । गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) र एक महानिर्देशकको सरूवा गरेको छ । ८ जना सहसचिवको भने पदस्थापना गरेको छ । हालै विभिन्न मन्त्रालयबाट गृहमा पुगेर अतिरिक्त समूहमा रहेका २५ जना सहसचिवहरूको सरुवा गरेको हो ।
सरुवाको सूचीअनुसार सहसचिव प्रेम प्रसाद भट्टराई मन्त्रालय बा मोरङको सिडिओमा सरुवा भएका छन् । अर्थ मन्त्रालयबाट गृहमा पुगेका आनन्द काफ्ले गृहबाट पाल्पाको सिडिओ बनेका छन् ।
राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागका महानिर्देशक झक्क प्रसाद आचार्य सिन्धुपाल्चोक सरुवा भएका छन् । जयनारायण आचार्य मन्त्रलायबाट सुनसरीको सिडिओमा सरुवा भएका छन् ।