images
images

४५ लाख बुझाएपछि थुनामुक्त भए बालकृष्ण खाँड 


  • 433
    SHARES
  • २०८० मंसिर २९ गते शुक्रबार

    ४५ लाख बुझाएपछि थुनामुक्त भए बालकृष्ण खाँड 

    काठमाडौं । सात महिनापछि पूर्व गृहमन्त्री बालकृष्ण खाँड थुनामुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएपछि उनी थुनामुक्त भएका हुन् । 

    नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा उनी २७ वैशाखमा पक्राउ परेका थिए । 

    उच्च अदालत पाटनले खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाखमा छाड्न आदेश गर्दा उनीसँग न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाखमा छाड्न सहमत भएसँगै उनको रिहाइ प्रक्रिया सुरु गरिएको थियो । 

    जिल्ला अदालत काठमाडौँमा धरौटी रकम बुझाएपछि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो । सम्पत्ति शुद्धीकरण विभागले उनीसँग १५ लाख धरौटी लिएको छ । खाँणलाई १५ लाख धरौटीमा रिहा गर्ने निर्णय गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक पुष्पराज शाहीले बताए ।


    images
    images

    Logo