images
images

भैरहवा विमानस्थलमा ६ दिनदेखि धर्ना, अन्तर्राष्ट्रिय उडान नियमित गर्नुपर्ने माग


  • 246
    SHARES
  • २०८० मंसिर २९ गते शुक्रबार

    भैरहवा विमानस्थलमा ६ दिनदेखि धर्ना, अन्तर्राष्ट्रिय उडान नियमित गर्नुपर्ने माग

    काठमाडौं । रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरु गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्नामा बसेका छन्। लामो समयदेखि अन्तर्राष्ट्रिय उडान स्थगित भएको विमानस्थल पूर्ण क्षमतामा संचालनको माग गर्दै आइतबारदेखि धर्नामा बसेका हुन् । 

    रुपन्देहीमा निजी क्षेत्रका ३२ वटा सङ्घ–संस्था आबद्ध सिद्धार्थ सञ्जालको अगुवाइमा धर्ना शुरु भएको हो ।

    सञ्जालले गएको कात्तिक १३ गते चरणबद्ध आन्दोलनको घोषणा गर्दै विरोधका कार्यक्रम घोषणा गरेको थियो । विरोधको पूर्वनिर्धारित कार्यक्रमअनुसार गएको शुक्रवार निजी क्षेत्रले भैरहवामा विरोध र्‍याली गरेको थियो ।

    चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत आइतबारदेखि शुरु भएको धर्ना अर्को निर्णय नहुन्जेलसम्मका लागि निरन्तर रहने सञ्जालले जनाएको छ ।

    धर्ना कार्यक्रममा विभिन्न ठूला दलका नेताहरुले समेत सहभागीता जनाएका छन् । 


    images
    images

    Logo