images
images

इन्जिनियरिङ लाइसेन्स परीक्षामा ५२.८३ % विद्यार्थी फेल


  • 271
    SHARES
  • २०८० मंसिर २९ गते शुक्रबार

    इन्जिनियरिङ लाइसेन्स परीक्षामा ५२.८३ % विद्यार्थी फेल

    काठमाडौं । साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता (इन्जिनियरिङ लाइसेन्स) परीक्षामा जम्मा ४७.१७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

    बिहीबार नेपाल इन्जिनियरिङ परिषद्ले सार्वजनिक गरेको नतिजा अनुसार ५ हजार ८२१ जना परीक्षार्थी मध्ये दुई हजार ७४६ जनाले लाइसेन्स परीक्षा पास गरेका छन् । परिषद्ले लाइसेन्स परीक्षा लिएको यो तेस्रो पटक हो ।

    परिषद्ले लिएको पहिलो परीक्षामा जम्मा २८ प्रतिशत र दोस्रोमा ३४ प्रतिशत परीक्षार्थीले मात्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेका थिए ।

    परिषद्ले १५ जना परीक्षार्थीको नतिजा स्थगित गरेको जनाएको छ । परिषद्ले २२ मंसिरदेखि २८ गतेसम्म इन्जिनियरिङ अध्ययन संस्थान, पुलचोकमा परीक्षा संचालन गरेको थियो ।


    images
    images

    Logo