काठमाडौं । पहिचानवादीहरुले भोलि र पर्सी कोशी प्रदेश बन्द गर्ने भएका छन् । प्रदेश नं. १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिले प्रेस विज्ञप्ती जारी गर्दै मंसिर ३० र पुस १ गतेका लागि बन्दको आह्वान गरेको हो ।
समितिले जारी गरेको विज्ञप्तीमा गोत्रीय नाम खारेज गर्न र पक्राउ परेका नेताहरू बिनासर्त रिहाइ गर्न बन्दको आह्वान गरिएको जनाइएको छ । यदि नेताहरू रिहाइ नभए आम हड्तालको घोषणा गर्ने चेतावनी समितिले दिएको छ । त्यस्तै लेगुवाघाट–चिवाभञ्ज्याङ बन्दलगायतका कार्यक्रमहरू निरन्तर रहने समितिले जनाएको छ ।
यसअघि खोटाङको हलेसीमा प्रदर्शन गर्ने क्रममा किरात गणराज्य मोर्चाका संरक्षकसमेत रहेका समितिका नेता गोपाल किरातीलगायतका दर्जनौं नेताहरू पक्राउ परेका छन् । समितिले उनीहरूलाई बिनासर्त रिहाइ गर्न माग गरेका छन् ।




