images
images

पुस ५ गतेदेखि ‘चौथो नेपाल फाईभ पि’ अन्तर्राष्ट्रिय प्रदर्शनी हुने 


  • 292
    SHARES
  • २०८० मंसिर २९ गते शुक्रबार

    पुस ५ गतेदेखि ‘चौथो नेपाल फाईभ पि’ अन्तर्राष्ट्रिय प्रदर्शनी हुने 

    काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको आयोजनामा विगतका वर्षहरुझैं यसवर्ष पनि चौथौ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी पुस ५–७ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा हुने भएको छ। प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन् ।

    नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाउँमा ल्याएर ब्यापार साझेदारि, नविनतम प्रविधी प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने एक मात्र उद्योग – व्यापार विशेष अन्तर्राष्ट्रिय प्रदर्शनी हो ।

    उक्त प्रर्दशनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा बिश्वास लिइएको छ ।

    उक्त प्रदर्शनी मार्फत ति पाँच बिधामा संचालन भएका उधोग र व्यापार व्यवसायहरलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसंग सात्क्षात्कार गराउनुका साथै बिभिन्न उद्योगहरु बिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन् ।

    यस प्रदर्शनिमा प्लास्टिक प्रोसेसिङ् मेसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मेसिन, प्रिन्टिङ् मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहने छ ।

     


    images
    images

    Logo