images
images

प्याराग्लाइडिङमा सिन्डिकेट हटेपछि पाइलटहरु आन्दोलनमा 


  • 222
    SHARES
  • २०८० मंसिर २९ गते शुक्रबार

    प्याराग्लाइडिङमा सिन्डिकेट हटेपछि पाइलटहरु आन्दोलनमा 

    काठमाडौं । पोखराका प्याराग्लाइडिङमा सिन्डिकेट हटेपछि पाइलटहरु आन्दोलनमा उत्रिएका छन् । प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) ले शुल्क तोक्नेदेखि प्याराग्लाइडिङ उडान गर्नेसम्मको सबै अधिकार व्यवसायीहरुलाई नै सुम्पिएपछि पोखराका पाइलटहरु बिहीबरदेखि उडान ठप्प पारेर आन्दोलित भएका हुन् । 

    एकद्वार प्रणालीमार्फत उडान गराउने कि सम्पूर्ण अधिकार व्यवसायीलाई दिने भन्ने विषयमा व्यवसायी बीच मै मतभेद रहँदै आएकामा नाले सबै अधिकार व्यवसायीलाई दिने निर्णय गरेको थियो ।

    पाइलटहरुले भने अहिलेको अवस्थामा एकद्वार प्रणाली नै कायम हुनुपर्ने माग राखेका छन् । एकद्वार प्रणाली हटाउँदा शुल्कमा प्रतिस्पर्धा हुने, एकरुपता नहुने र त्यसले आफूहरुको आम्दानीसमेत घट्ने पाइलटहरुको आशंका छ । साथै व्यवसायीलाई नै शुल्क तोक्न दिँदा र आलोपालो व्यवस्था पनि हटाइँदा प्याराग्लाइडिङ क्षेत्रमा मनपरी बढ्ने उनीहरुको जिकिर छ ।

    आन्दोलन अन्तर्गत पाइलटहरुले बिहीबार प्याराग्लाइडिङ उडान ठप्प पारे । यस विषयमा शुक्रबार थप छलफल हुने बताइको छ ।


    images
    images

    Logo