images
images

फेरि बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 725
    SHARES
  • २०८० मंसिर २९ गते शुक्रबार

    फेरि बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख १९ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    विहीबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजार १ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । विहीबार पनि सुनको मूल्य २ हजार ८ सय रुपैयाँले बढेको थियो । 
     
    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ७० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo