images
images

टेलिकमका तीनवटा सेवा कार्यालय अब १२ घण्टा खुल्ने


  • 339
    SHARES
  • २०८० मंसिर २९ गते शुक्रबार

    टेलिकमका तीनवटा सेवा कार्यालय अब १२ घण्टा खुल्ने

    काठमाडौं । नेपाल टेलिकमका सेवा कार्यालयहरु अब १२ घण्टा खुल्ने भएका छन् । पुस १ गतेदेखि लागु हुनेगरी यस्ता कार्यालहरु बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएका हुन् । शनिबार भने बिहान १० देखि बेलुकी ५ बजेसम्म कार्यालय खुला हुनेछ । 

    काठमाडौंका सुन्धारा, जाउलाखेल र चावहिलस्थित कार्यालयमा यो व्यवस्था लागु हुने टेलिकम प्रादेशिक निर्देशनालयले जनाएको छ । यी शाखाबाट पीएसटीएन, एडीएसएल, एफटीटीएच, फोरजी राउटर जीएसएमसम्बन्धी सबै सेवादेखि नयाँ सीम वितरण कार्य समेत हुने जनाइएको छ । 


    images
    images

    Logo