images
images

चौध किलो सुन प्रकरणमा अहिलेसम्म ५ पक्राउ


  • 418
    SHARES
  • २०८० मंसिर २८ गते बिहीबार

    चौध किलो सुन प्रकरणमा अहिलेसम्म ५ पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् । सो दिन फ्लाई दुबईको उडान नं ‘एफजेड ५७३’ बाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको थियो । 

    अनुसन्धानका क्रममा आज प्रहरीले विमानस्थलका सरसफाई सुपरभाइजर सुशीला पाण्डेलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिए । उनले भने, “फोहोरको भाँडोमा सुन लुकाएर बाहिर ल्याउन संलग्न भएको देखिएपछि सरसफाइ सुपरभाइजर पाण्डेलाई नियन्त्रणमा लिइएको हो, छानबिन पूरा गरेर सबै सार्वजनिक गर्छौँ ।” सो प्रकरणमा विमानस्थल भन्सार कार्यालयका उपसचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ । 

    सुनसहित पक्राउ परेका घलेको बयानका आधारमा गोरखाका मीनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरेको थियो । सोही प्रकरणमा विमानस्थलका सरसफाई सहयोगी दुई जना गरी हालसम्म ५ जना पक्राउ परेको प्रमुख भन्सार प्रशासक डा पाण्डेले बताए ।


    images
    images

    Logo