images
images

परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव बनिन् सेवा लम्साल


  • 449
    SHARES
  • २०८० मंसिर २८ गते बिहीबार

    परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव बनिन् सेवा लम्साल

    काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साललाई सचिवमा बढुवा गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई परराष्ट्र सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । 

    सरकारको यो निर्णयसँगै स्थापनाको ७२ वर्षपछि परराष्ट्र मन्त्रालयले पहिलो महिला परराष्ट्र सचिव पाएको छ । उनी नेपालको २५औं परराष्ट्र सचिव बनेकी छन् । यसअघि परराष्ट्र सचिव भरतराज पौड्याल रहेका थिए । पौड्यालले ५८ वर्षे उमेरहदका कारण मंसिर १९ गतेबाट अवकास पाएपछि लम्साल नयाँ परराष्ट्र सचिव भएकी हुन् । 

    आधुनिक नेपालको एकीकरणसँगै राजा पृथ्वीनारायण शाहका पालामा तत्कालीन तिब्बत तथा चीनसँगको वैदेशिक सम्बन्ध सञ्चालनका लागि जैसी कोठा स्थापना गरिएको थियो ।

    जैसी कोठा नेपालको हालको परराष्ट्र मन्त्रालयको प्रारम्भिक रूप थियो ।  त्यसपछि क्रमशः मुन्सीखाना तथा विदेश विभागका नाममा विदेश मामिला सम्बन्धी कार्यहरु सञ्चालन गर्दै आइएको थियो ।

    २००७ सालमा राणा शासनको अन्त भइ देशमा प्रजातन्त्र स्थापना भएपछि २००८ साल (सन् १९५१) मा परराष्ट्र मन्त्रालयको स्थापना गरिएको थियो । परराष्ट्र मन्त्रालयको पहिलो सचिव प्रा. सरदार नारायणमणि आचार्य दीक्षित रहेका थिए । 


    images
    images

    Logo