images
images

३० लाख धरौटीमा छुटे पूर्वगृहमन्त्री बालकृष्ण खाँण


  • 401
    SHARES
  • २०८० मंसिर २८ गते बिहीबार

    ३० लाख धरौटीमा छुटे पूर्वगृहमन्त्री बालकृष्ण खाँण

    काठमाडौं । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त हुने आदेश भएको छ ।

    न्यायाधीश कृष्णराज कोइरालाको इजलासमा खाँणलाई ३० लाख रुपैयाँ तिरेर थुनामुक्त गर्ने भन्ने आदेश सदर गरेका हुन्। खाँणको हकमा ३० लाख रुपैयाँ लिएर थुनामुक्त गर्ने वा उनलाई थुनामै पठाउने भन्ने विषयमा दुई न्यायाधीश बीचमा राय बाझिएको थियो ।

    दुई जना न्यायाधीशबीच मात्रै राय बाझिँदा बराबर भएकाले अर्को इजलासमा पठाउने आदेश भएको थियो । राय बाझीका कारण तेस्रो इजलासमा प्रतिवेदन पेश गरिएको थियो। धरौटीमा छोड्ने आदेश सदर गरेका कारण उनी छुट्ने भएका हुन् ।

    मंसिर १५ मा न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा १९ जनाको विषयमा एकमत राय भएको थियो भने एक जना खाँणको विषयमा मात्रै राय बाझिएको थियो ।

    उच्च अदालत पाटनले ठगी, लिखित किर्ते, राज्य विरुद्ध र संगठित अपराध सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेश केही बदर र केही सदर गर्ने आदेश गरेको हो ।

    बालकृष्ण खाँडको ३० लाख धरौटी मागेर छोड्नुपर्ने न्यायाधीश जनक पाण्डेको आदेश छ । उनी कानुन व्यवसायीको तर्फबाट सिधै उच्च अदालतमा नियुक्ति भएका न्यायाधीश हुन् ।

    इजलासका अर्का न्यायाधीश प्रकाश खरेलले पूर्वमन्त्री खाँणलाई थुनामै राख्ने आदेश गरेका थिए। जिल्ला न्यायाधीशबाट उच्च अदालतमा गएका उनी ‘क्याडर न्यायाधीश’ हुन् ।


    images
    images

    Logo