images
images

गोली पड्काएर सहकारीको पैसा लुटपाट


  • 600
    SHARES
  • २०८० मंसिर २८ गते बिहीबार

    गोली पड्काएर सहकारीको पैसा लुटपाट

    काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिका–५ मा रहेको जयगंगा बचत तथा ऋण सहकारी संस्थामा लुटपाट भएको छ । सो संस्थाको शाखा कार्यालय बसन्तपुरको लागि एनआईसी एसिया बैंकबाट पैसा झिकेर जादै गरेको बेला हरिपुर्वा नपा–६ हनुमान चौकस्थित महाजनको पोखरी भने ठाउँबाट आज विहान ११ः३० बजेको समयमा हतियारधारी समुहले बन्दुक देखाउदै नगद ५ लाख रुपैयाँ रकम लुटेर लगेका छन् ।

    लुटेराहरुले ना. १५ प ९८९२ नम्बरको मोटरसाइकल लिएर बसन्तपुर शाखातर्फ गइरहेका शाखा प्रमुख रामनाथ राय र निरा राय चढेको मोटरसाइकललाई पछाडीबाट हिर्काएर बन्दुक देखाएको र पैसा बोकेको व्याग दिन नमान्दा एक राउन्ड हवाइ फायर गरेर पैसा लिएर भागेको बताइएको छ ।

    प्रत्यक्षदर्शीका अनुसार अपाचे मोटरसाइकलमा मुखमा कालो मास्क लगाएर आएका दुई जना लुटेराहरुले रकम लुटेका थिए । उनीहरु सवार मोसाको नम्बर पलेटमा भने माटो लगाएको थियो । वरिपरिका मानिसहरू दौडिन साथ हतियारधारी समुहले १ राउन्ड हबाइ फायर गरेकोले मानिसहरुको समूह सतर्क भएको थियो । प्रहरी चौकी भन्दा करिब ४ सय मिटरको दुरिमा मात्र घटना भएको छ ।

    हतियारधारी समूह पैसा लुटेर हर्दी खोलातिर भागेको स्थानीयले बताएका छन् ।


    images
    images

    Logo