images
images

राजा महेन्द्रको शालिक राख्न खोज्दा कञ्चनपुरमा लफडा


  • 400
    SHARES
  • २०८० मंसिर २८ गते बिहीबार

    राजा महेन्द्रको शालिक राख्न खोज्दा कञ्चनपुरमा लफडा

    काठमाडौं । कञ्चनपुरमा राजा महेन्द्रको शालिक राख्न खोज्दा लफडा भएको छ । बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको उपस्थितिमा महेन्द्रको शालिक स्थापना गर्ने तयारी गरिएकोमा विवाद उत्पन्न भएको हो । 

    उक्त विवादले ठूलै रुप लिने देखेपछि स्थानीय प्रशासनले कञ्चनपुरमा निषेधाज्ञा जारी गरेको छ । कन्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बिहीबारदेखि लागू हुनेगरी भीमदत्त नगरपालिका–४ को संविधान चोकदेखि पूर्वमा दशरथचन्दको शालिकसम्मको मुख्य सडक र पश्चिममा मदन भण्डारीको शालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी गरेका हुन् । निषेधाज्ञा ७ दिनसम्म लागू हुनेछ ।

    निषेधाज्ञाअनुसार यो क्षेत्रमा ५ जना भन्दा बढी मानिस जम्मा भइ जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।

    संविधान चोकमा आज बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा महेन्द्रको शालिक स्थापना गर्ने तयारी थियो । तर कार्यक्रम सुरु हुनुअघि नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।


    images
    images

    Logo