images
images

पाँचखालमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, अरनिको राजमार्ग अवरूद्ध


  • 433
    SHARES
  • २०८० मंसिर २८ गते बिहीबार

    पाँचखालमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, अरनिको राजमार्ग अवरूद्ध

    काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत जिल्लाको पाँचखाल नगरपालिका९ ६ हनुमानगढीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । बिहीबार बिहान धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा ८७ प ६४१  नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जिल्लाको पनौती नगरपालिका १२ बस्ने अन्दाजी ३४ वर्षका रूपक खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । 

    प्रहरीका अनुसार मोटरसाइकलले बसलाई ओभरटेक गर्ने क्रममा  अनियन्त्रित भई विपरीत दिशाबाट जाँदै गरेको  प्रदेश प्र. ३-०१-००५ ख ९७०३ नम्बरको डिब्बा गाडीमा ठक्कर खाई दुर्घटना भएको हो । सवारी दुर्घटनामा संलग्न डिब्बा गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

    उक्त घटना भएपश्चात् स्थानीयले अरनिको राजमार्ग अवरुद्ध गरेका छन् । हालसम्म मृतकको शव उठ्न सकेको छैन । 


    images
    images

    Logo