काठमाडौं । यूनाइटेड टेलिकम लिमिटेड (युटिएल) सहित तीन इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज भएको छ । नेपाल दूरसञ्चार प्रधिकरणले यूसटएलसहितत म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रा.लि. को अनुमतिपत्र खारेज गरेको हो ।
यूटिएलको कात्तिक ५ क्याक्सनेटको मंसिर ६ र चितवन नेटवर्ककको मंसिर १२ गतेसम्म अनुमतिपत्रको समय थियो । तर यो समयसम्म नवीकरणका लागि आवदेदन नदिएपछि उक्त सेवाप्रदायकको अनुमतिपत्र खारेज गरिएको हो ।
साथै प्राधिकरणले ती संस्थाहरुलाई हालसम्म तिर्न बुझाउन बाँकी रहेको शुल्कहरु ३० दिनभित्र बुझाउन समेत भनेको छ ।