images
images

बाँदरले गोलभेँडा पनि छाडेन


  • 330
    SHARES
  • २०८० मंसिर २८ गते बिहीबार

    बाँदरले गोलभेँडा पनि छाडेन

    घोराही उपमहानगरपालिका–१३ उपल्लो लापेका दानबहादुर राङुमगरले आठ कट्ठा जमिनमा व्यावसायिक गोलभेँडा खेती गर्दै आएका छन् । मकै, गहुँ, आलुलगायत खेती गर्दा जङ्गली जनावरले समस्या पारेपछि अन्नबाली छाडे र तरकारी खेतीमा लागेका दानबहादुरले भने, “उत्पादन राम्रै हुन्छ तर आम्दानी लिने आधाको मात्रै हो, आधा त बाँदरले सकिदिन्छ, बाँदरलाई अधियाँ दिए जस्तै हुन्छ ।” 

    पहिलेदेखि नै बाँदर र रतुवाले धेरै सताउने गरेर बाली नै बदले पनि यो सास्तीबाट मुक्ति नपाएको दानबहादुरले बर्ता । जङ्गली जनावरबाट टमाटर खेती जोगाउन समस्या बढेको अनुभव सुनाउँदै दानबहादुरले भन्नुभयो, “रातको समयमा रतुवा र दिउँसोमा बाँदर बारीमा पसेर खाने र नोक्सान गर्ने गर्छन्, तिनलाई नजिक पर्न नदिने केही उपाय भए त हाम्रा लागि राम्रै हुन्थ्यो ।”

    बाली जोगाउन रातभर नसुत्ने गरे पनि कतिबेला सिध्याउने हुन् भनेर पत्तै हँुदैन । बगाले बाँदरको ठुलो हुल बारीमा पसेपछि ठुलो क्षति गर्ने गर्छ । बाँदर लाई भगाउने उपाय खोजी दिनसमेत स्थानीय सरकारसँग दानबहादुरले माग गरे । दानबहादुरको जस्तै गुनासो छ, उपल्लो लापेकै कृष्ण शाहीको पनि । १४ कट्ठा बढी जमिनमा टमाटर खेती गरेका कृष्णलाई पनि खेती जोगाउन समस्या छ । 

    मकै, गहुँ, आलुलगायत बाली बँदेल, बाँदरले क्षति गरेर भित्र्याउनै नदिन थालेपछि ती बाली छोडेर टमाटर खेतीमा लागे पनि छुुटकारा पाउन नसकेको उनको दुःखेसो छ । उनले भने, “मकै, गहुँ, आलु खेती गर्दा बँदेल र बाँदरले बाली भित्र्याउन नदिएपछि गोलभेँडा त खाँदैन होला भनेर खेती गरेका थियाँै तर अहिले यो पनि बचाउन धौ धौ भएको छ ।”जङ्गलमा बाँदरको सङ्ख्या बढेको र फलपूmलका बिरुवा नहुँदा किसानले गरेको खेतीमा पस्ने गरेको बताइन्छ । पछिल्लो समय जङ्गली चिउरी फुलेका कारण केही राहत मिलेको उनले बताए ।


    images
    images

    Logo