images
images

भोलिदेखि महानगर क्षेत्रमा सूर्तीजन्य पदार्थ भण्डार, प्रयोग र बिक्री निषेध , ५० जना नगर प्रहरी परिचालन हुने


  • 832
    SHARES
  • २०८० मंसिर २७ गते बुधबार

    भोलिदेखि महानगर क्षेत्रमा सूर्तीजन्य पदार्थ भण्डार, प्रयोग र बिक्री निषेध , ५० जना नगर प्रहरी परिचालन हुने

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले भोलि (मंसिर २८) गतेबाट सूर्तीजन्य पदार्थको भण्डारण, विक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाउने भएको छ । यसका लागि मंसिर १२ गते १५ दिनको अवधि दिएर सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता नविन मानन्धरले भने, ‘प्लाष्टिकमा प्याकिङ् गरिएका मात्र निषेध गर्ने हो भन्ने धेरैले प्रश्न गरे। तर, यसो होइन । सूर्तीजन्य बस्तु प्लाष्टिकले बेरेको भए पनि वा कागजले बेरेको भए पनि हानीकारक हो । प्लाष्टिकले वातावरणमा थप नकारात्मक असर गरिरहेकोले प्लाष्टिक प्याकिङ्को कुरा जोडिएको हो । कच्चा सूर्ती, खैनी, गुट्खा प्रकृतिका चुसेर रस लिने सबै प्रकारका सूर्तीजन्य पदार्थको प्रयोग, विक्री र भण्डारणमा प्रतिबन्ध लगाइएको हो ।’

    धूमपानका विषयमा महानगरपालिकाको धारणा के होरु पत्रकारले सोधेको प्रश्नको जवाफमा मानन्धरले भन्नुभयो, ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी ऐन २०६८ को व्यवस्था कार्यान्वयन गराउने अभियान हो, यसमा धारणा राख्ने कुरै आउँदैन । कानुन नभएका बेला धारणा राख्ने हो । यहाँ कानुन छ । विधि प्रक्रिया तोकिएको छ । यसलाई कार्यान्वयन गराउने हो ।

    धूमपानका विषयमा महानगरपालिकाको धारणा के होरु पत्रकारले सोधेको प्रश्नको जवाफमा मानन्धरले भन्नुभयो, ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी ऐन २०६८ को व्यवस्था कार्यान्वयन गराउने अभियान हो, यसमा धारणा राख्ने कुरै आउँदैन । कानुन नभएका बेला धारणा राख्ने हो । यहाँ कानुन छ । विधि प्रक्रिया तोकिएको छ । यसलाई कार्यान्वयन गराउने हो । ऐनमा सार्वजनिक स्थलमा धूम्रपान गर्न नपाइने, खुल्ला बेच्न नपाइने, उमेर नपुगेका बालबालिकालाई बेच्न नपाइनेलगायत व्यवस्था छन् ।’ सार्वजनिक स्थलमा धूम्रपान गरे त्यस स्थानबाट निकाल्ने, १ सय रुपैयाँसम्म जरिवाना गर्ने, सार्वजनिक स्थलको १ सय मिटर वरपर विक्री वितरण गरे सामान जफत गर्ने र पसल बन्द गर्ने सम्मको कारवाही गर्न सकिने ऐनमा व्यवस्था छ । 

    यस्ता बस्तुको प्रयोगले जनस्वास्थ्य, वातावरण र सहरी सुन्दरतामा पुर्‍याएको खराब असर रोक्न भोलिबाट अनुगमन थालिनेछ । अनुगमनका लागि १० जनाको समूहमा नगर प्रहरीका ५ वटा टोली, सादा पोशाकमा नगर प्रहरी र कर्मचारी खटिनेछन् । प्रवक्ताले भन्नुभयो, ‘अनुगमन गर्दा पसलमा सूर्तीजन्य बस्तु पाइए सचेत गराउँदै २ पटकसम्म जफत गर्ने र तेस्रो पटक पनि भेटिए पसल बन्द गराउनेसम्मको कारवाही हुनेछ ।’ 


    सूर्तीजन्य बस्तुको भण्डारण, बेचबिखन, प्रयोग सम्बन्धी जानकारी पाउने नागरिकले महानगर प्रहरी बलको हटलाइन १८१०५००००६० वा टेलिफोन नम्बरहरु ०१ ५९०१७६३ र ०१ ५९०१७६४ मा खवर गरेर प्रहरी बल परिचालन हुने व्यवस्था गरिएको छ । 

    चुरोट, विँडी, सिंगार, तमाखु, हुक्का, सुल्फा, कक्कडको प्रयोगलाई धूम्रपान मानिन्छ । सूर्तीजन्य बस्तुमा कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने बस्तुलाई मान्ने गरिन्छ । 

    काठमाडौं महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा यस सम्बन्धी व्यवस्था छ । ऐनको दफा ४२ मा सूर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ । सूर्तीजन्य बस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो ।    

    ऐनले सार्वजनिक स्थलहरुको चारकिल्ला तोकेर त्यस वरपर सूर्तीजन्य र ज्ङ्क फुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने व्यवस्था गरेको छ । 

    सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन २०६८ मा पनि यस सम्बन्धी व्यवस्था छ । ऐनको दफा ४ मा सार्वजनिक स्थललाई परिभाषित गर्दै, शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लबहरु, सार्वजनिक शौचालयहरु, होटल, रेष्टुरेण्टहरु, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयहरुलगायत ठाउँ सार्वजनिक भएको उल्लेख गरिएको छ । 

     

     


    images
    images

    Logo