images
images

चामलको मूल्य बढ्ने व्यवसायीको चेतावनी 


  • 406
    SHARES
  • २०८० मंसिर २७ गते बुधबार

    चामलको मूल्य बढ्ने व्यवसायीको चेतावनी 

    काठमाडौं । नेपाल चामल, तेल, दाल उद्योग संघले चामलको मूल्य बढाउने चेतावनी दिएको छ । सरकारले चामल निर्यातका लागि पहल नगरेको भन्दै संघले चामल अपुग हुन सक्ने र मूल्य वृद्धि हुन सक्ने चेतावनी दिएका हुन् । 

    संघका अध्यक्ष कुमुद कुमार दुगडको नेतृत्वमा मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न गएको टोलीले भारतसँग धान उपलब्ध गराइदिन पहल गर्न अनुरोध गरेको छ । 

    वर्षभरिका लागि कम्तीमा पनि लगभग १० लाख मेट्रिक टन मसिनो धान अपुग हुने बताउँदै संघले भन्सार छुट सुविधामा १० लाख मेट्रिक टन धान उपलब्ध गराई दिन नेपाल सरकारले साउन १९ गते भारतलाई पत्र पठाएको थियो । 

    परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावास हुँदै पठाइएको पत्रअनुसार भारते धान उपलब्ध गराएको छैन । सरकारको आग्रहबाट समेत भारतबाट धान आयात हुन नसक्दा भावी दिनमा नेपालमा चामलको मूल्य बढ्ने चेतावनी उद्योगीले दिएका हुन् ।

    प्रेस विज्ञप्ति

    संघका अध्यक्ष श्री कुमुद कुमार दुगडको नेतृत्वमा हिजो मंसिर २६ गते गएको संघको डेलिगेशनले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यू, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रि माननीय रमेश रिजालज्यू, बाणिज्य तथा आपूर्ति सचिब श्री नारायणप्रसाद शर्मा दुवाडीज्यू, सहसचिव श्री रामचन्द्र तिवारीज्यूलाई उहांहरुकै कार्यकक्षमा छुट्टाछुट्टै भेटगरी स्वदेशी चामल मिलहरुको हालको अवस्था र धानको पर्याप्तता सम्बन्धमा जानकारी गराईयो । नेपालमा मसिनो धानको उत्पादन कम हुने भएकोले बर्षभरिको लागि कम्तिमा पनि लगभग १० लाख मेट्रिक टन मसिनो धान नपुग हुने जानकारी गराईयो । भन्सार छुट सुबिधामा १० लाख मेट्रिक टन धान उपलब्ध गराई दिन नेपाल सरकारले मिति : २०८०:०४:१९ गते परराष्ट मन्त्रालय मार्फत भारतिय राजदुताबासमा पत्र पठाई भारत सरकारलाई अनुरोध गरेको थियो । भारतबाट अहिले सम्म धान आयात हुन नसक्दा भोलिको दिनमा नेपालमा चामलको मुल्य बढन गई उपभोक्तालाई पर्न जाने प्रत्यक्ष असरको जानकारी गराईयो । देशमा चामलको सहज आपूर्ति गर्नु हामी सबैको जिम्मेबारी भएकोले उच्चस्तरिय कुटनैतिक पहलबाट यो बर्षको लागि १० लाख मेट्रिक टन धान भन्सार छुट सुबिधामा आयात गर्ने ब्यवस्था गरी दिन सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष संघले अनुरोध ग¥यो । डेलिगेशनमा देश भरिका चामल उद्यमीहरुको उपस्थिति थियो । 

    १. नेपालमा उत्पादन हुने धानले मात्र यहांको मागलाई धान्न नसक्ने हुंदा भारतबाट धान आयात गर्नुपर्ने नेपालको बाध्यता हो । भारत सरकारले निकासीमा २० प्रतिशत भन्सार महसुल लगाउदा त्यसको प्रत्यक्ष असर नेपाललाई परेको छ । गत बर्षको तुलनामा यस बर्ष धानको मुल्य सिजनमानै प्रति के.जि. रु. १० ले बढि सकेको छ भने धानको मुल्य अझ बढने देखिन्छ । भारतबाट २० प्रतिशत भन्सार महसुल तिरेर धान खरिद गर्दा प्रति के.जी. रु. ५० पर्छ भने भन्सार छुट सुबिधामा धान आयात गर्दा प्रति के.जी.रु. ४२ पर्छ । यसो हुंदा धानको मुल्य प्रति के.जी रु.८ फरक पर्न जान्छ भने चामलको मुल्यमा रु. १६ को फरक पर्न जान्छ । मुल्यमा यति धेरै फरकले गर्दा भन्सार छली नेपाल भित्रिएको धान र चामलसंग नेपाली उत्पादनले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने हुंदा चामल मिलमा लागेको अरबौको स्वदेशी लगानी जोखिममा पर्न जान्छ । 

    २. भारतले धान निकासीमा २० प्रतिशत भन्सार महसुल लगाएको छ भने नेपाल भन्सारमा ५ प्रतिशत कृषि सुधार शुल्क लाग्छ । अब चामल आयातमा २५ प्रतिशत भन्सार महसुल लाग्ने भएकोले भारतबाट सहुलिएत दरमा धान ल्याउन सकिएन भने चामलको मुल्य आकासिने सम्भावना छ । अरबौंको लगानीमा स्थापना भएका दैनिक जिवनमा अत्यावश्यक खाद्य बस्तु चामलको नेपाली उत्पादन बन्द हुने अवस्था त छदैछ आमउपभोक्ता समेत ठुलो मारमा पर्ने भएकोले स्वदेशी चामल उद्योग संरक्षण गरी दिन यस संघ अनुरोध गर्दछ ।   

    ३. चामल उद्योगले धान प्रसोधन गरी चामल उत्पादन संगै सह उत्पादनहरु भुस, उद्योगको इन्धनको रुपमा प्रयोगहुने  (बोईलर प्लान्ट), कनिका, पशुपन्छिका दाना, दाना उद्योग, डिस्ट्रिीलरी र स्न्याक्सहरुको कच्चा पदार्थ यी सबै चामल उद्योगकै उत्पादनमा भर पर्ने हुंदा सबैलाई प्रत्यक्ष मर्का पर्छ र चामल उद्योग संगै यी उद्योगहरुबाट देशको अर्थतन्त्र, रोजगारी र देशको राजश्वमा समेत प्रत्यक्ष असर पर्छ । 
     
    ४. अहिले नेपालमा भएको धान र उद्योगले खरिद गरेर गोदाममा राखेको धानले लगभग ३ महिनालाई मात्र चामल उपलब्ध गराउन सक्ने हुंदा बेलैमा धान उपलब्ध गराई समस्या समाधानमा पहल गरी दिन नेपाल सरकार लगाएत सबै क्षेत्रलाई संघको अनुरोध छ ।   

    दिपक कुमार पौडेल
    महासचिव 
    नेपाल चामल तेल दाल उद्योग संघ
    मितिः २०८०/०८/२७


    images
    images

    Logo