images
images

ब्यवसायीलाई अनावश्यक दुःख दिने कार्य नगर्न राजस्व अनुसन्धान विभागको ध्यानाकर्षण


  • 507
    SHARES
  • २०८० मंसिर २७ गते बुधबार

    ब्यवसायीलाई अनावश्यक दुःख दिने कार्य नगर्न राजस्व अनुसन्धान विभागको ध्यानाकर्षण

    काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी ब्यवसायीलाई अनावश्यक दुःख दिने र विना कारण फाउने कार्यलाई रोक्न राजस्व अनुषन्धान विभागको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष माणिक रत्न शाम्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधमिण्डलसँगको छलफलमा विभागका उच्च पदस्थ अधिकारीहरु सँग महासंघले यस्तो आग्रह गरेको हो । 

    छलफलका क्रममा विभागका महानिर्देशक नवराज ढुङगानाले राज्यको नीति नियमलाई पालना गरी पेशा ब्यवसाय गर्नेहरुलाई अनावश्यक रुपमा दुःख दिने नीति विभागको नभएको प्रष्ट पारे । ‘सरकारले तोकेको मापदण्डमा अधारित रही कारोबार गर्ने ब्यवसायीलाई अनावश्यक रुपमा अनुषन्धानका नाममा दुःख दिने नीति विभागको छैन, उनले भने ‘राज्यले तोकेका नीति नियमको उल्लंघन गरेको अवस्थामा भने त्यसलाई छोड्न सकिँदैन ।’

    भेटका क्रममा महासंघका अध्यक्ष शाक्यले सुनचाँदी क्षेत्रमा आवद्ध ब्यवसायीलाई परेको समस्या तथा तीनको समाधानका लागि विभागले खेल्नुपर्ने भुमिका लगायतका बिषयमा जानकारी गराए  ।

    भेटका क्रममा महासंघका तर्फवाट अध्यक्ष शाक्य सहित उपाध्यक्ष विपिन रामुदामु र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद लकान्द्री लगायतको सहभागिता रहेको थियो । 


    images
    images

    Logo