images
images

भारतीय संसदमा दुई युवकले अचानक दौडिँदै टियर ग्यास स्प्रे गरेपछि...


  • 293
    SHARES
  • २०८० मंसिर २७ गते बुधबार

    भारतीय संसदमा दुई युवकले अचानक दौडिँदै टियर ग्यास स्प्रे गरेपछि...

    काठमाडौं । भारतीय संसद्को लोकसभाभित्र बुधवार दिउँसो अपरिचित व्यक्ति दौडिएपछि त्रासको वातावरण पैदा भएको छ । राजधानी नयाँ दिल्लीको नयाँ संसद् भवनमा संसद् चलिरहेका बेला एक व्यक्ति हामफालेपछि संसद् बैठकसमेत स्थगित गरिएको छ ।

    संसद्को हिउँदे अधिवेशन चलिरहेको समयमा लोकसभाको बैठकका क्रममा दर्शक ग्यालरीबाट अपरिचित एकजना व्यक्ति सांसदहरू बसिरहेको स्थानमा हामफालेको आजतक टीभीले जनाएको छ । उनीसँगै अर्का व्यक्ति पनि सँगै कुदेका थिए ।

    ती व्यक्तिहरू सांसदहरू बसेको ठाउँमा हाम्फालेर कुदेका थिए । लगत्तै उनीहरूले जुत्तामा लुकाएर ल्याएको स्प्रे सल्काएर फालिदिएका थिए । यसबाट सभाहल धुवाँको मुस्लोले ढाकिएको थियो । 

    संसद्मा त्रास पैदा गर्ने दुवै जनालाई सांसदहरूले नै नियन्त्रणमा लिएका थिए । अहिले उनीहरूलाई सुरक्षाकर्मीले अनुसन्धान अघि बढाएको छ । 

    यस घटनाका बेला प्रधानमन्त्री नरेन्द्र मोदी भने संसद्मा उपस्थित थिएनन् । 


    images
    images

    Logo