काठमाडौं । संघीय संसदको कार्यवाहक महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त भएका छन् । उनलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नियुक्त गरेका हुन्।
सोमवार सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेयलाई राष्ट्रपतिसमक्ष नियुक्तिका लागि सिफारिस गरिएको थियो ।
सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ । राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले पाण्डेलाई कार्यवाहक तोकेका हुन् ।