images
images

आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द, राजस्व पनि घट्यो


  • 324
    SHARES
  • २०८० मंसिर २७ गते बुधबार

    आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द, राजस्व पनि घट्यो

    वीरगञ्ज । आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आर्थिक बर्ष २०७८/७९ मा पर्सामा १५२  उद्योगले  लगत कट्टा गरिएका थिए ।  
     
     बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताए ।

    घरेलु तथा साना उद्योग कार्यालयमा  आर्थिक वर्ष २०७९/८० मा १ हजार ८९ नयाँ उद्योग दर्ता भएका थिएभने आर्थिक बर्ष २०७८/८९ मा १ हजार ४ सय ८० उद्योग दर्ता भएका थिए ।

    आर्थिक बर्ष २०७९/८० मा १ हजार २ सय ७५ उद्योगको नवीकरण, १६५ वटाको पुँजीवृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ । आर्थिकवबर्ष २०७९/८० मा १ करोड ६ लाख ३९ हजार २ सय ५० रुपैयाँ राजस्व सङ्कलन भएको थियो । 

    उक्त आर्थिक बर्षमा ४ हजार ४ सय ६० जनाले रोजगारी पाएको प्रमुख सिंहले राससलाई बताए ।


    images
    images

    Logo