images
images

निरन्तर घट्दै सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 415
    SHARES
  • २०८० मंसिर २७ गते बुधबार

    निरन्तर घट्दै सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आइतबारदेखि सुनको मूल्य घट्ने क्रममा रहेको छ । शुक्रबार १ लाख १८ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य आइतबार देखि निरन्तर घटिरहेको हो । 

    आइतबार सुनको मूल्य घटेर १ लाख १७ हजार ५ सय रुपैयाँ पुगेको थियो । सोमबार र मंगलबार पनि सुन तोलामा क्रमशः ५०० रुपैयाँ र ७०० रुपैयाँले घटेर क्रमशः १ लाख १७ हजार रुपैयाँ र १ लाख १६ हजार ३ सय रुपैयाँ पुगेको थियो । सोही क्रमलाई निरन्तरता दिँदै आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । 

    आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ तोकिएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन आज १ लाख १५ हजार ४५० रुपैयाँ र चाँदीको मूल्य १४०० रुपैयाँ रहने महासंघले जनाएको छ । 


    images
    images

    Logo