images
images

नेपाल वायुसेवा निगमका अधिकृत पक्राउ


  • 639
    SHARES
  • २०८० मंसिर २६ गते मंगलबार

    नेपाल वायुसेवा निगमका अधिकृत पक्राउ

    काठमाडौं । नेपाल वायु सेवा निगमका एक जना अधिकृत र ६ ट्राभल्स सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेलसहित अन्ट्रा ट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका रामप्रसाद भण्डारी, एन्ड होलिडे टुर्स एन्ड ट्राभल्सका सञ्चालक सरोजकुमार यादव, स्काई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रोलेक्स ट्राभल्सका सञ्चालक देवराज खनाल र मञ्जरी ट्राभल्सका भक्तबहादुर थापा छन् ।

    एड्भान्स म्यानेजमेन्ट मल्टिपल ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डेलाई पनि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    images
    images

    Logo