images
images

अर्थ मन्त्रालयले फेर्‍यो ६ सहसचिवको जिम्मेवारी


  • 310
    SHARES
  • २०८० मंसिर २६ गते मंगलबार

    अर्थ मन्त्रालयले फेर्‍यो ६ सहसचिवको जिम्मेवारी

    काठमाडौं । अर्थ मन्त्रालयले ६ जना सहसचिवहरुको जिम्मेवारी बदलेको छ । मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी महेश आचार्यले पाएका छन् ।

    सहसचिव राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रक कार्यालयमा पठाइएको छ । महालेखा शम्भुप्रसाद मरासिनीलाई अर्थ मन्त्रालयले भन्सार जाँचपास परीक्षण कार्यालय, त्रिपुरेश्वरको नेतृत्व गर्न खटाएको छ ।

    सहसचिव अमृत लम्साल मध्यमस्तरीय करदाता कार्यालय बबरमहलको प्रमुखका रुपमा सरुवा भएका छन् । पार्वती शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ । अब सहसिचव महेश बरालले कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिमा काम गर्नेछन् ।


    images
    images

    Logo