काठमाडौं । दुग्ध पदार्थमा लेबल उल्लेख नगरेको कसुरमा एक डेरी उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीले सोमबार भक्तपुरको एक डेरीलाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो ।
उपभोक्ता संरक्षण ऐनअनुसार अत्यावश्यक पेय पदार्थ दूधमा अनिवार्य रुपमा उत्पादन, उपभोग्य र वस्तुको परिमाण र गुणस्तरसहितको लेबल उल्लेख गरिनुपर्छ । तर उक्त डेरीले सो नियम पालना नगरेको विभागले जनाएको छ । लेबल बिनाकै बजार पठाउन लागिएको त्यस्तो दूधलाई नष्ट गरिएको पनि विभागले जनाएको छ ।
त्यस्तै, विभागले बल्खुमा रहेको तरकारी पसललाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।