काठमाडौं । नेपाल लस्टक एक्स्चेञ्ज (नेप्से) को अध्यक्षको जिम्मेवारी शोभाकान्त पौडेलले पाएका छन् । अर्थ मन्त्रालयले नेप्सेका वर्तमान अध्यक्ष भूपराज बरालको ठाउँमा पौडेललाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विभागका महानिर्देशकको जिम्मेवारीमा रहेका पौडेललाई अध्यक्षको जिम्मेवारी दिएका हुन् । नेप्सेको अध्यक्षकारुपमा उनको पद बहालीभने भइसकेको छैन ।
मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख बराललाई भने फिर्ता बोलाएको छ । बरालले यही असार ३ गतेदेखि नेप्सेको अध्यक्षको भूमिका सम्हालेका थिए ।
उनलाई २०८० जेठ ३२ गते अर्थमन्त्री स्तरीय निर्णयबाट नेप्सेको अध्यक्षमा नियुक्त गरिएको थियो ।