काठमाडौं । सामुदायिक लघुवित्तले लगानीकर्ताको हाल खाली बनाएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई (बोनस र नगद) लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गरिने पनि जनाएको छ।
राष्ट्र बैंकबाट स्वीकृति भएपछि वित्तीय विवरण आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने निर्णय संस्थाले गरेको छ।