काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ७ सय ५० रुपैयाँमा कायम भएको छ भने १ हजार ४ सय १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।