images
images

नेपालबाट वार्षिक १२ अर्बको हस्तकलाका वस्तुहरू निर्यात 


  • 467
    SHARES
  • २०८० मंसिर २५ गते सोमबार

    नेपालबाट वार्षिक १२ अर्बको हस्तकलाका वस्तुहरू निर्यात 

    काठमाडौं । नेपालबाट वार्षिक १२ अर्ब रुपैयाँ मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको छ । नेपाल हस्तकला महासङ्घले २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिताबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालबाट ६० भन्दा बढी देशमा सो मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको जानकारी दिइयो । 

    त्यस अवसरमा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले राष्ट्रिय अर्थतन्त्रमा नेपाली हस्तकला क्षेत्रको महत्वपूर्ण योगदान रहेकाले हस्तकलाको संरक्षण र संवद्र्धनमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । आगामी मङ्सिर २८ देखि पुस २ गतेसम्म आयोजना हुन लागको १८औँ हस्तकला प्रतियोगिता र २०औँ हस्तकला व्यापार मेलामा सहभागी हुन आग्रह गरे ।

    दरबारमार्गस्थित होटल डेल अन्नपूर्णमा आयोजना गर्न लागिएको व्यापार मेला तथा प्रतियोगितामा तीन प्याभिलियनसहित १ सय ३० कक्ष रहनेछन् । मेलामा १ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

    अठारौँ हस्तकला प्रतियोगितामा परम्परागत विधातर्फ पौभा र समसामयिक विधातर्फ छ्वाली कलाको प्रतियोगिता गराइने छ । प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार रुपैयाँ, द्वितीय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ राखिएको छ । सो अवसरमा ७० वर्ष नाघेका १० जना ज्येष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान गरिनेछ ।


    images
    images

    Logo