images
images

‘सुनचाँदी कारोबारलाई व्यवस्थित र मर्यादित बनाउन निर्देशिकाको आवश्यकता छ’


  • 318
    SHARES
  • २०८० मंसिर २५ गते सोमबार

    ‘सुनचाँदी कारोबारलाई व्यवस्थित र मर्यादित बनाउन निर्देशिकाको आवश्यकता छ’

    काठमाडौं । सुनचाँदी कारोबारलाई ब्यवस्थित, मर्यादित र प्रभाबकारी वनाउन यस सम्वन्धी प्रष्ट निर्देशिका ल्याउनुपर्ने सुझाव उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरुले दिएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौंमा आयोजना गरेको सरोकारवाला ब्यवसायी, उपभोक्ता तथा उपभोक्ता अधिकारकर्मीहरुसँगको वृहत अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो आवश्यकता औंल्याएका हुन् । 

    कार्यक्रमकमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तर्फवाटसुनचाँदी ब्यवसाय र यस क्षेत्रमा देखिएका समस्या तथा तिनको समाधानका बिषयमा एक कार्यपत्र प्रस्तुत गरिएको थियो । त्यसक्रममा विभागमा निर्देशक आनन्दराज पोखरेलले यस सुनचाँदी क्षेत्रका समस्या र तीनको समाधानका लागि राज्यले चालनुपर्ने कदमका बारेमा प्रकाश पारेका थिए । 

    त्यसक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सुनचाँदी काराबार सम्वन्धी प्रष्ट निर्देशिकाको अभावमा बजारमा विभिन्न समस्या सृजना भएको भन्दै त्यसको समाधानका लासिग सिघ्र उपयुक्त निर्देशिका ल्याउन सुझाव दिए । त्यसक्रममा सहभागी अन्य विभिन्न संथामा आवद्ध अधिकारकर्मीहरुले पनि निर्देशिकाको आवश्यकता औंल्याए । 

    छलफलका क्रममा सुनचाँदी ब्यवसायीका तर्फवाट नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी ब्यवसायीले झेल्नुपरेका समस्याका बारेमा विभागको ध्यानाकर्षण गराएका थिए ।

    छलपलका क्रममा महासंघका तर्फवाट अध्यक्ष शाक्य, वरिष्ट उपाध्यक्ष अर्जुन रसाइली, उपाध्यक्ष विपिन रामुदामु, कोषाध्यक्ष सुदिप श्रेष्ठ, कार्यवाहक महासचिव किरणभाई बज्राचार्य तथा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका वरिष्ट उपाध्यक्ष रामप्रसाद लकान्द्री र नेपाल हस्तकला महासंघका तर्फवाट अध्यक्ष प्रचण्ड शाक्य लगायतको ब्यवसायीहरुको सहभागिता रहेको थियो । छलफलमा नेपाल राष्ट्र बैंक, गुणस्तर तथा नापतौल विभाग लगायतका सरकारी निकायका प्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो । 


    images
    images

    Logo