images
images

१५ अंकले घट्यो नेप्से, ४ अर्ब ८४ करोडको कारोबार हुँदा १५७ कम्पनीको मुल्य घट्यो 


  • 282
    SHARES
  • २०८० मंसिर २५ गते सोमबार

    १५ अंकले घट्यो नेप्से, ४ अर्ब ८४ करोडको कारोबार हुँदा १५७ कम्पनीको मुल्य घट्यो 

    काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बजार उच्च अंकले बढेपनि यस दिन अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन बजार घट्न पुगेको हो।

    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षपछि बजार खुलेको पहिलो दिन हिजो, नेप्से परिसूचक १११ अंकभन्दा बढी बढेर बन्द भएको थियो। 

    आज नेपाल स्टक एक्सेचञ्ज (नेप्से) १५.४० अंकले घटेर १ हजार ९ सय ४८ दशमलव ५७ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ३ स्क्रिपको ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको १ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । 

    आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । आइतबार ४८ करोड रुपैयाँ बराबरको शेयर करोबार भएको थियो । सोमबार कारोबारमा आएका ८१ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ५७ कम्पनीको शेयर मूलय घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपससमूहको परिसूचक सर्वाधिक २.१६ प्रतिशत बढेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक १.३७ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.०९ प्रतिशत घटेको छ।

    आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको १६ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको १४ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    सोमबार ३ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा  बोटलर्स नेपाल बालाजू, सामुदायिक लघुवित्त र दोल्ती पावर कम्पनी रहेका छन् । त्यस्तै, यस दिन हाथवे इन्भेष्टमेन्ट कम्पनी, इन्फिनिटी लघुवित्त र मानुषि लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

     


    images
    images

    Logo