images
images

राष्ट्रियसभा निर्वाचनका लागि ५ दलले दिए निवेदन


  • 312
    SHARES
  • २०८० मंसिर २५ गते सोमबार

    राष्ट्रियसभा निर्वाचनका लागि ५ दलले दिए निवेदन

    काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि हालसम्म ५ दलले निवेदन दिएका छन् । दर्ताका लागि समय सुरु भएको दोस्रो दिन सोमबार दिउसो १ः३० सम्ममा पाँच दलले निवेदन दिएका निर्वाचन आयोगले जानकारी दिएको हो ।

    दल दर्ताको निवेदन दिनेमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छन् ।

    आउँदो माघ ११ गते हुने निर्वाचनका निम्ति आइतबारदेखि दल दर्ता सुरु गरिएको हो । दर्ताका निम्ति आयोगले मंसिर २९ गतेसम्मको समय तोकेको छ ।

    फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।


    images
    images

    Logo