काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले सोमबार राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् ।
२२ वैशाख २०७७ मा महासचिवमा नियुक्त भएका उनको पदावधि ८ महिना बाँकी थियो ।
उनले राजीनामा दिएपछि उक्त पदका लागि पदम प्रसाद पाण्डे सिफारिस भएका छन् । संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा महासचिवमा पद्म प्रसाद पाण्डेको नाम सिफारिस भएको हो ।