images
images

साझा यातायातले माग्यो सीईओ, के–के चाहिन्छ योग्यता ?


  • 409
    SHARES
  • २०८० मंसिर २५ गते सोमबार

    साझा यातायातले माग्यो सीईओ, के–के चाहिन्छ योग्यता ?

    काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । साझा यातायात सहकारीले लामो समयदेखि रिक्त रहेको कार्यकारी अधिकृत खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्न लागेको हो ।

    ३५ दिनभित्र साझा यातायातको प्रधान कार्यालयमा दरखास्त बुझाउन सूचना जारी गरेको छ । 

    सीईओका लागि कम्तिमा स्नातकोत्तर वा सो सरहको शैक्षिक योग्यता प्राप्त गरी सार्वजनिक वा संगठित संघ संस्थामा १० औँ तह सरहको जिम्मेवारी लिइसकेको हुनु पर्ने साझा यातायातले जनाएको छ । 

    सीईओ हुन चाहनेले सहकारी वा सार्वजनिक प्रशासन वा यातायात व्यवस्थापनको क्षेत्रमा १० वर्षको अनभुव हासिल गरेको हुनुपर्ने छ । ३५ वर्ष पूरा भएको र ५८ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

    दरखास्त पेश गर्दा व्यवसायिक कार्ययोजना ५ हजार शब्दमा नबढ्नेगरी बुझाउनु पर्ने छ । बाहालवाला कर्मचारीले आवेदन दिन चाहेमा सेवारत निकायबाट विभागीय स्वीकृति प्रदान गरिएको पत्र संलग्न गर्नुपर्ने छ । 

    साझा यातायातले काठमाडौँ उपत्यकासहित लामो दूरीमा समेत बस कुदाउने गरेको छ । साझाले डिजेल बससँगै ४० वटा विद्युतीय बस समेत भित्राई सकेको छ ।

    1.JPG

    2.JPG

    3.JPG


    images
    images

    Logo