काठमाडौं । आज सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँमा कायम भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।