images
images

जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि दिने मन्त्रिपरिषद्को निर्णय


  • 250
    SHARES
  • २०८० भाद्र ६ गते बुधबार

    जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि दिने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । सरकारले स्वर्गीय गायक जुठबहादुर खड्गी (जेबी टुहुरे)लाई ‘जनगायक’को उपाधि दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद्को वैठकले उक्त निर्णय गरेको हो । 

    गायक टुहुरेको ७८ वर्षको उमेरमा २०७८ भदौ १० गते बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनको २ वर्षपछि सरकारले उपाधि दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए ।

    २० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन् । सुनसरीको धरानमा जन्मिएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए ।


    images
    images

    Logo