images
images

यस्तो छ आजको मौसम, यी प्रदेशमा भारी वर्षाको सम्भावना 


  • 286
    SHARES
  • २०८० श्रावण १४ गते आइतबार

    यस्तो छ आजको मौसम, यी प्रदेशमा भारी वर्षाको सम्भावना 

    काठमाडौं । हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही  देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    आज राति भने देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,  मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

     


    images
    images

    Logo