काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
आइतबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ९० पैसा कायम रहेको छ । शनिबार नि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ ०८ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६८ रुपैयाँ २९ र बिक्री दर १ सय ६९ रुपैयाँ ०६ पैसा रहेको छ।
