images
images

निर्माण व्यवसायीहरूलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग 


  • 283
    SHARES
  • २०८० श्रावण १३ गते शनिबार

    निर्माण व्यवसायीहरूलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग 

    काठमाडौं । निर्माण व्यवसायीहरू र उनीहरूको उपकरणहरूको सुरक्षालाई लिएर पटक पटक सम्बन्धित् निकायको गम्भीर ध्यानाकर्षण गराउँदै आएपनि कुनै सुनुवाई नभएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले कडा आपत्ति जनाएको छ । राज्यका निकायहरूले सैद्धान्तिक रुपमा निर्माण व्यवसायीहरू सहित निर्माण उपकरणहरूको सुरक्षाको जिम्मेवारी लिने आवश्वासन दिएतापनि त्यो व्यवहारमा कार्यान्वयन हुन नसकेको महासंघको आपत्ति जनाएको हो ।  

    यसै सन्दर्भमा रुपन्देही जिल्लाको वुटवलमा कालिगण्डकी निर्माण सेवाका संचालक ईन्जिनियर निर्मल खत्रीमाथि ढुंगामुढा प्रहार गर्दै खुकुरी समेत प्रहार गरी सख्त घाइते बनाइएको घटनाप्रति आफना्े गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ । निर्माणाधीन कालिका पथ सडक भत्किएको विषयमा उग्र युवाहरूको समूहले आक्रमण गर्दा घाइते भएका व्यवसायी खत्रीको ढाड तथा टाउकोमा चोट लाग्दा ६० वटा टाँका लगाइएको महासंघका महासचिव रोशन दाहालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकालाई कानून अनुसार कार्वाही गर्न महासंघले जोडदार माग गर्दै घाइते निर्माण व्यवसायी खत्रीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । अब पनि निर्माण व्यवसायीहरू माथिको आक्रमण नरोकिए महासंघ देशभरका निर्माण कार्यहरू ठप्प पारी सशक्त आन्दोलनमा उत्रन बाध्य हुने महासंघको विज्ञप्तिमा जनाइएको छ ।

    363861135_659593449520870_5302031512989456860_n.jpg


    images
    images

    Logo