images
images

गत आर्थिक बर्षमा ३५ वस्तुको गुणस्तर पारित


  • 240
    SHARES
  • २०८० श्रावण १३ गते शनिबार

    गत आर्थिक बर्षमा ३५ वस्तुको गुणस्तर पारित

    काठमाडौं । नेपाल गुणस्तर परिषद्ले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न ३५ वटा वस्तुको गुणस्तर पारित गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिले ५० वस्तुको गुणस्तर पारितका लागि सिफारिस गरे पनि जम्मा ३५ वटा वस्तुको गुणस्तर पारित भएको विभागका महानिर्देशक दिनानाथ मिश्रले जानकारी दिए । 

    “विभागको प्राविधिक समितिबाट पारित भएको गुणस्तर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा रहेको नेपाल गुणस्तर परिषद्बाट पारित गर्छौं”, उहाँले भन्नुभयो । परिषद्ले अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा १५ तथा आर्थिक बर्ष २०७७/७८ मा ३१ वस्तुको गुणस्तर पारित गरेको थियो । 

    विभागका अनुसार आर्थिक बर्ष २०७९/८० मा २९ वटा उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गरेका छन् भने ४० वटा उत्पादित वस्तु तथा पदार्थले इजाजतपत्र लिएका छन् । साथै १३ वटा उद्योगले प्रमाणपत्र लिएको विभागको भनाइ छ । 

    विभागका प्रवक्ता ज्योति जोशी भट्टले गत आर्थिक बर्षमा २ सय ३३ पटक उद्योगको निरीक्षण र २९ पटक बजार अनुगमन गरिएको जानकारी दिए। जसमा सात ८९ नमूना सङ्कलन गरेर जाँच गरिएको उनको भनाइ छ । विभागले गत आर्थिक बर्षमा ७१ उद्योगलाई स्पष्टीकरण सोधेको छ ।

    विभागले एक वर्षमा २ हजार ४ सय ४५ वस्तुको प्रयोगशालामा रासायनिक, भौतिक, टेक्सटायल, छाला र कागजको परीक्षण सम्पन्न गरेको छ । २ हजार १ सय ११ क्यालिब्रेसन सेवा प्रदान गरेको छ भने १८ वटा तालिम गोष्ठी प्रदान गरेको जनाएको छ ।

    विभागले गत आर्थिक बर्षमा ४ सय ३३ उद्योगको नवीकरण सम्पन्न गरेको छ । यस्तै, नेपाल गुणस्तर चिह्न प्राप्त गर्नका लागि आवेदन दिएका १ सय ३० उद्योगको निरीक्षण तथा ९ वटा इजाजतपत्ररप्रमाणपत्र खारेज गरेको छ । 

    धनुषा, सर्लाही, महोत्तरी, रामेछाप र सिन्धुली जिल्लाका ११ पेट्रोल पम्पको निरीक्षण गरेकामा तीनवटालाई कारबाही गरिएको प्रवक्ता भट्टले बताए । विभागले कारबाही वापत गत आर्थिक बर्षमा ५ करोड ४२ लाख ९४ हजार २ सय ३२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

     


    images
    images

    Logo