images
images

एसइईको नतिजाअगावै भर्ना नलिन आग्रह, विद्यार्थीसँग लिइने शुल्क साउन १५ गतेभित्र विभागलाई बुझाउनुपर्ने


  • 443
    SHARES
  • २०७८ श्रावण ४ गते सोमबार

    एसइईको नतिजाअगावै भर्ना नलिन आग्रह, विद्यार्थीसँग लिइने शुल्क साउन १५ गतेभित्र विभागलाई बुझाउनुपर्ने

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलार्ई आग्रह गरेको छ ।  
     
    महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम ४८ (६) मा भएको व्यवस्थाविपरीत कतिपय माध्यमिक विद्यालय र कलेजले शैक्षिकसत्र २०७७ को एसइईको परीक्षा नतिजा प्रकाशन नहुँदै कक्षा ११ को भर्ना नलिन सबै मावि कलेजलाई आग्रह गरेको हो ।   

    शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको सूचनामा भनिएको छ, कक्षा ११ मा भर्ना गर्दाको समयमा नै ११ र १२ मा विद्यार्थीसँग लिने शुल्क तोक्नुपर्ने, विद्यार्थीसँग रजिस्टे«सन दस्तुर, परीक्षा शुल्क लिँदा राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्क मात्र लिनुपर्ने, विद्यार्थीलाई किताब, कपी, पोशाक र शैक्षिक सामग्री विद्यालयले भनेकै स्थानमा किन्नका लागि बाध्य नबनाउनु । 
     
    त्यसैगरी कक्षा ११ र १२ मा विद्यार्थीलाई दिइने सेवा र उनीहरुबाट लिइने शुल्क केकति हो यही साउन १५ गतेभित्र विभागलाई बुझाउनुपर्ने र कलेजले तोकेबमोजिम छात्रावृत्ति अनिवार्यरुपमा प्रदान गराउने तथा उक्त सुविधा पाउने विद्यार्थीको विवरण शैक्षिकसत्र शुरु भएको दुई महिनाभित्र विभागमा बुझाउन भनिएको छ । 


    images
    images

    Logo