काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश्नलले ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले शुक्रबार बोर्डमा निवेदन दिएको हो ।
बैंकले १० प्रतिशत व्यजदरमा १० वर्ष समयावधिको लागि ऋणपत्र जारी गर्न लागेको छ । बैंकले कुल ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ ।
सो ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकका लागि बैंकले हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।