काठमाडौं । असार १९ गते (मंगलबार) देखि २ लघुवित्तको शेयर कारोबार रोक्का हुने भएको छ । नेप्सेले धौलागिरि लघुवित्त र खप्तड लभुवित्तको शेयर कारोबार रोक्का गर्ने भएको हो ।
यी दुवै लघुवित्तले मर्जर प्रकृया पुरा गरि असार २० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । यी कम्पनीले आगामी असार २०गतेदेखि धौलागिरि लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्ने निर्णय गरेसँगै एकिकृत कारोबार प्रयोजनका लागि नेप्सेले शेयर कारोबार रोक्का गर्न लागेको हो ।
२० गतेदेखि दुबै कम्पनीले एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि १९ गतेदेखि नै कम्पनीको शेयर कारोबार बन्द गर्न लागेको कम्पनीेले जनाएको छ ।