काठमाडौं । २ कम्पनीको साधारणसभा आज हुँदैछ । शुक्रबार नेपाल पुनर्बीमा कम्पनी र श्रृजनशील लघुवित्तले साधारणसभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा नेपाल पुनर्बीमा कम्पनीले ते अमृतभोग ब्याक्वेटमा बिहान ११ः३० बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै, सभाले प्रबन्धपत्र÷नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेर बदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।
त्यस्तै, श्रृजनशील लघुवित्तले संस्थाको केन्द्रिय कार्यालय गोलबजारमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले कुनै पनि लघुवित्त संस्थासँग मर्जरका लागि प्रयोजन हुने उपयुक्त संस्था पहिचान गर्नेछ ।
साथै, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरु सँग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।



