काठमाडौं । एनआईविएल एस क्यापिटल र मेगा क्यापिटलले असार १८ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । एनआईविएल एस क्यापिटलले मेगा क्यापिटललाई गाभेपछि असार १८ गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् ।
आपसमा गाभिएका यी दुई कम्पनीले एनआईएमबि एस क्यापिटलको नामबाट एकिकृत कारोबार गर्न लागेको हो । दुवै कम्पनीको जेठ २९ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो ।
उक्त सभाले मर्जरको प्रस्ताव पारित गरेको थियो भने असार ११ गते कम्पनीको रजिष्ट्रार कार्यालयले मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । दुवै संस्थाको असार १२ गते बसेको संचालक समितिको बैठकले सो दिनबाट एकिकृत कारोबार सुरु गर्ने निर्णय गरेको हो ।
समान हैसियत अर्थात् १ः१ को स्वाप अनुपातमा एनआइबिएल एस क्यापिटलले मेगा क्यापिटललाई गाभेको हो ।



