images
images

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ असार २६ गतेदेखि


  • 516
    SHARES
  • २०८० आषाढ १४ गते बिहीबार

    कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ असार २६ गतेदेखि

    काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ असार २६ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले दोस्रे चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीले कुल १ करोड २१ लाख ८६ हजार ८ सय रुपैयाँ बराबरको १ लाख २१ हजार ८ सय ६८  कित्ता आईपीओ जारी गर्ने भएको छ । जसमध्ये १२ हजार १ सय ८६ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि र ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरीसकेको छ । त्यस्तै  २ हजार ४३७ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याई बाँकी रहेको १ लाख १ जार १ सय ५१ कित्ता आईपीओका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा असार २९ गते हुनेछ भने ढिलोमा साउन ९ गते हुनेछ। 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo