images
images

अन्तिम दिनसम्म अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?


  • 530
    SHARES
  • २०८० आषाढ १३ गते बुधबार

    अन्तिम दिनसम्म अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?

    काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले असार १० गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको शेयरमा झण्डै १३ लाखको आवेदन परेको छ ।

     सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ः०५ बजेसम्ममा १२ लाख ८२ हजार ४ सय ६३ आवेदनले १ अर्ब ३९ करोड ६४ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ६४ हजार ७ सय १० कित्ता शेयरको लागि आवेदन परेको हो ।

    कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशतले दरले हुने आउने २ करोड २० लाख रुपैयाँ बराबरको २ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दाहरुलाई निष्काशन गरिसकेको छ ।

    बाँकी २९.५५ प्रतिशत अर्थात ६ लाख ५० हजार कित्ता शेयरको १० प्रतिशत अर्थात ६५ हजार कित्ता बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात ३२ हजार ५०० कित्ता सामुहित लगानी कोषलाई र २ प्रतिशत अर्थात १३ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्टाइएको छ । 

    त्यस पश्चात बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता शेयर मात्रै सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो । कम्पनीको आइपीओमा आवेदन गर्ने ५३ हजार ९५० जनाले मात्रै १० कित्ताको दरले शेयर पाउने भएका छन्। बाँकी १२ लाख २८ हजार ५ सय १३ जनाको भने हात खालि हुने छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।


    images
    images

    Logo