काठमाडौं । बुधबार नेप्से घटेर बन्द भएको छ । विहीबारदेखि निरतन्तर बढेको बजारमा आज बुधबार ब्रेक लागेको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.३७ अंकले घटेर २ हजार १ सय ५० दशमलव ९९ विन्दुमा पुगेको छ । आज कारोबारमा आएको २ सय ८० स्क्रिपको ५ अर्ब ९७ करोड रुपैयाँ बराबरको १ करोड ३३ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । १३ उपसमूहमध्ये यस दिन जीवन बीमा उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक २।४६ प्रतिशत बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३।२१ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।
मंगलबार ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार ३६ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ८८ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनी स्थिर छ ।
बुधबार सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले कारोबार गरेको छ । कम्पनीको ८३ करोड ७० लाख ३६ हजार रुपैयाँको शेयर कारोबार गरेको छ । यसैगरी आज शिवम सिमेन्त लिमिटेडले २८ करोड २२ लाख ६७ हजार रुपैयाँको शेयर कारोबार गरेको छ भने सोल्टि होटलले २३ करोड ५६ लाख ३८ हजार रुपैयाँको शेयर कारोबार गरेको छ । साथै आज एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १९ करोड ५० लाख ७२ हजार रुपैयाँको शेयर कारोबार गरेको छ ।
आज कारोबारमा आएका २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा हिमालयन लाइफ इस्योरेन्स, विपिडव्लु लघुवित्त रहेका छन् । सिटी होटलको ९.९९ प्रतिशतले बढेको छ भने सामुदायिक लघुवित्तको ८.१६ प्रतिशतले बढेको छ । त्यसतै, शुबम् पावरको ८.११ प्रतिशतले बढेको छ ।



